काठमाडौं, नेपाल विद्युत् प्राधिकरणले बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा शनिबारदेखि मंसिर १५ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।
वितरण प्रणाली भूमिगत गर्ने कार्यअन्तर्गत केबल चार्ज, स्ट्रक्चर फिटिङ तथा जडानका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणले जनाएको छ।
तालिकाअनुसार शनिबार आलोकनगर मार्ग, नापी विभाग क्षेत्र र आसपासका स्थानमा विद्युत् अवरुद्ध हुनेछ। आइतबार शंखमूल मार्ग, एभरेष्ट हस्पिटल र मुक्ति टावर क्षेत्रमा आपूर्ति प्रभावित हुने जनाइएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special