काठमाडौं, गृह मन्त्रालयले नौ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ। मंसिर ११ गतेको निर्णयअनुसार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तथा विभागीय प्रमुखहरूको जिम्मेवारी हेरफेर गरिएको हो।
निर्णयअनुसार पर्साका प्रजिअ भोला दाहाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने एकदेव अधिकारीलाई पर्साको प्रजिअ बनाइएको छ। सिन्धुपाल्चोकका प्रजिअ शशीधर घिमिरे अध्यागमन विभागको महानिर्देशक बनेका छन्। महानिर्देशक रामचन्द्र तिवारीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ। साथै पाँच सहसचिवलाई विभिन्न जिल्लाको प्रजिअमा पदस्थापना गरिएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special