काठमाडौं, नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले संविधान, लोकतान्त्रिक मूल्य र संस्थागत मर्यादाविपरीत काम गरेको आरोप लगाएको छ। केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्दै महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नभएको र संसद् छल्ने काम गरेको बताए।
पौडेलले कार्यपालिकाले आफ्नो संवैधानिक सीमाभन्दा बाहिर गएर व्यवस्थापिका, संवैधानिक निकाय तथा राज्यका विभिन्न अङ्गमाथि हस्तक्षेप र नियन्त्रण गर्न खोजेको आरोप लगाए। राष्ट्रपति जस्तो गरिमामय संवैधानिक संस्थाको समेत अवमूल्यन गर्ने व्यवहार देखिएको उनको भनाइ छ।
कांग्रेसले संसद्, राष्ट्रपति र संवैधानिक निकायको मानमर्दन गर्ने सरकारी प्रवृत्तिप्रति आपत्ति जनाउँदै प्रेस स्वतन्त्रता तथा भदौ २३ र २४ का घटनासम्बन्धी विषयमा पर्याप्त छलफल नगरी ल्याइएका अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ। साथै, संसद् अधिवेशन आह्वान गर्न र संवैधानिक सीमा तथा संस्थागत मर्यादा पालना गर्न सरकारसँग आग्रह गरेको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special