काठमाडौं, दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा गण्डकी प्रदेशले एनआरएनएलाई पाँच विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। सुर्खेतको वीरेन्द्रनगरस्थित कालुञ्चोक मैदानमा आज भएको लिग चरणको खेलमा गण्डकीले १२६ रनको लक्ष्य १४ दशमलव ३ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो।
यसअघि टस हारेर ब्याटिङ गरेको एनआरएनएले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १२५ रन बनाएको थियो। उसका पवन खरेलले सर्वाधिक ३२, नवीन तामाङले २६ र आदित्य महताले २३ रन बनाए।
गण्डकीका ईश्वर क्षेत्रीले ३२ तथा वंश क्षेत्रीले अविजित २९ रन बनाए। सिब्रिन श्रेष्ठले २४ र सन्दीप खत्री क्षेत्रीले १४ रन जोडे। यस जितसँगै गण्डकीले दुई अङ्क जोडेको छ। यसअघि पहिलो खेलमा गण्डकी मधेस प्रदेशसँग सात विकेटले पराजित भएको थियो।


NPL Special
NPL Special
NPL Special
NPL Special