काठमाडौं, आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार कप्तान सन्दीप लामिछानेको नेतृत्वमा टोली सार्वजनिक गरेको हो।
टोलीमा आसिफ शेख, अर्जुन कुमाल, इशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, राशिद खान, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिशेष गौतम छन्। अभिशेष पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल्ने सम्भावनामा छन्।
डिसेम्बर ४ देखि २१ सम्म सञ्चालन हुने छनोट प्लेअफमा नेपालसहित आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताका लागि युगान्डा र इटालीका टोली नेपाल आइसकेका छन् भने नामिबिया र जर्सीको टोली पनि आउने तयारीमा छन्।


NPL Special
NPL Special
NPL Special
NPL Special