केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य धेरै जना घाइते भएका छन् ।
राजधानी नैरोबीलाई तटीय सहर मोम्बासासँग जोड्ने राजमार्गमा यसअघि १७ जनाको ज्यान जाने गरी दुर्घटना भएको तीन साताभन्दा कम समयमै अर्को घातक दुर्घटना भएको हो ।
प्रहरीका अनुसार, आइतबार बिहान भएको दुर्घटनाका बेला बसमा सवार यात्रुहरू अन्त्येष्टि कार्यक्रममा सहभागी भएर फर्कँदै थिए । घाइतेहरूको उपचार भइरहेको छ ।
माकुएनी काउन्टीका आयुक्त अब्दुल्लाही खालिफले मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
केन्यामा बस र ट्रक ठोक्किँदा कम्तिमा २२ जनाको मृत्यु
Previous Articleअउडीले अमेरिकामा पहिलो कारखाना खोल्न ४.२ अर्ब डलर लगानी गर्ने


