Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: chhotokhabar
रोल्पाको थवाङमा पहिरोमा परी सात जनाको मृत्यु भएको छ भने पाँच जना अझै बेपत्ता छन्।
देउवाले व्यक्तिगत पद वा शक्ति नभई राष्ट्रिय एकता र लोकतन्त्र सुदृढ गर्न सक्रिय हुने प्रतिबद्धता जनाएका छन्।
रवि लामिछानेले रास्वपाले परिणाम दिन नसके युवाको नेतृत्वप्रति नै नकारात्मक भाष्य बन्न सक्ने चेतावनी दिएका छन्।
विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक भट्ट र शुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाएको छ।
सरकारले एनसेलको सेयर तथा स्वामित्व खरिदबिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गरेको छ।
सर्वोच्चले मुआब्जा नदिई निजी जग्गामा सडक निर्माण गर्न नमिल्ने ठहर गर्दै जग्गाधनीलाई क्षतिपूर्ति दिन आदेश दिएको छ।
आईजीपी कार्कीले नेपाल प्रहरीको विवादित खरिद प्रक्रियामा राज्यकोषबाट रकम खर्च नभएकाले भ्रष्टाचार नभएको दाबी गरेका छन्।
राष्ट्रिय सभा अध्यक्ष दाहालले ग्यास अभाव तत्काल समाधान गरी आपूर्ति सहज बनाउन सरकारलाई निर्देशन दिएका छन्।
कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री शाहलाई टर्कीका राष्ट्रपतिले निमन्त्रणा पठाएका छन्।
सल्यानमा जिप भेरी नदीमा खस्दा चालक र गाडी मालिक बेपत्ता भएका छन्।
सरकारले सरकारी सेवाका लागि पेश गरिने निवेदनको ढाँचा देशभर एकरूप बनाउने भएको छ।
नेप्से सामान्य बढ्दा बुधबार सेयर बजारमा ३ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको छ।
कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा देशभरबाट करिब ४५ सय प्रतिनिधि सहभागी हुने भएका छन्।
सुगौली सन्धिको सक्कल प्रति सम्बन्धी विषय द्विपक्षीय संयन्त्रमार्फत छलफल गर्न सकिने भारतले जनाएको छ।
सरकारले नेपालीलाई भिसा प्रक्रियामा सहजता हुने गरी पोर्चुगललाई काठमाडौंमा काउन्सिलर कार्यालय खोल्न सहमति दिएको छ।
सिरियाको अदालतले युद्ध अपराध र मानवताविरुद्धको अपराधमा पूर्वराष्ट्रपति बशर अल असदलाई मृत्युदण्ड सुनाएको छ।
कांग्रेसभित्रको विवाद समाधानबारे गगन थापा र शेखर कोइरालाबीच छलफल भए पनि सहमति जुट्न सकेन।
स्मार्ट सेल घोटाला प्रकरणमा सीआईबीले २२ जनालाई प्रतिवादी बनाउन र करिब ९६ अर्ब रुपैयाँ बिगो मागदाबी गर्न राय दिएको छ।
सरकारले प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरी र सिराहाका चार जनालाई सहिद घोषणा गरेको छ।
सरकारले झुटा विवरण दिई राहदानी लिने कसुरमा कैद हटाएर एकदेखि दुई लाख रुपैयाँसम्म जरिबाना गर्ने प्रस्ताव गरेको छ।

NPL Special
NPL Special
NPL Special
NPL Special