Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: chhotokhabar
दसैँ, तिहार र छठलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा ३ हजार ५०६ प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चोरी, लुटपाट, ठगी नियन्त्रण र भीडभाड हुने क्षेत्रको निगरानीका लागि १०० प्रहरी सादा पोसाकमा खटिएका छन्। सुरक्षा योजनाअन्तर्गत १४ सेक्टरमा गस्ती बढाइएको छ। ड्रोन, सामाजिक सञ्जाल, सामुदायिक सेवा केन्द्र र तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिनेछ।
नेपालीको महान पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार हालसम्म एक लाख ३० हजार १२९ यात्रुले दसैँका लागि अग्रिम टिकट बुकिङ लिएका छन् । असोज २३ गते २१ हजार ३००, असोज २४ र २५ गते ७६ हजार ७९, असोज २६ गते १७ हजार १९७ र असोज २७ गते १५ हजार ५५३ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन् ।यसका साथै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले दसैँ मनाउनका लागि काठमाडौँका विभिन्न नाका हुँदै मङ्गलबार बिहानदेखि आज बिहानसम्म २४ घण्टामा ७८ हजार १३८ यात्रु बाहिरिएको…
मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया थप छानबिनका लागि रोक्ने निर्णय गरिएको छ। बुधबार बसेको समितिको बैठकमा सांसदहरूले खरेलमाथि स्वार्थको द्वन्द्व, म्यानपावर व्यवसायीसँगको साँठगाँठ, पोखराको जग्गा खरिद प्रकरण र अनुदानसम्बन्धी आर्थिक अनियमिततालाई लिएर गम्भीर प्रश्न उठाएका थिए।खरेलले यी आरोपहरूमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरे पनि समिति सभापति बोधनारायण श्रेष्ठले प्राप्त उजुरी र प्रमाणहरूको गम्भीर अध्ययन गर्न थप समय आवश्यक पर्ने भन्दै सुनुवाइ प्रक्रिया तत्कालका लागि ‘होल्ड’ गरेका हुन्।
सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। नेकपा (एमाले) का सांसद थापाले सभामुख भीमबहादुर भण्डारीसमक्ष मंगलबार राजीनामापत्र बुझाएका हुन्। प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्ट उनले बजेट पारित भएपछि पद त्याग्ने निर्णय गरेको स्रोतले जनाएको छ। सभामुख भण्डारीले राजीनामा प्राप्त भएको पुष्टि गरे पनि स्वीकृत गरेका छैनन्। थापा कञ्चनपुर–१ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनी यसअघि कृषि तथा सहकारीमन्त्री थिए।
नेपाली कांग्रेसको आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी भएका छन् । उनले सर्वाधिक ३,२४५ मत ल्याउँदै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १,४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाएका छन्। जनजाति महिलातर्फ ३४ उम्मेदवारमध्ये आठ र खुल्लातर्फ ४१ उम्मेदवारमध्ये १२ जना निर्वाचित भएका छन्।
यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले अवरुद्ध (बेनी-जोमसोम) सडकमार्ग अवरुद्ध भएयता दुई सातामा कोरलानाकाबाट २५०० बढी विद्युतीय सवारी (इभी) नेपाल भित्रिएको छ । यसरी कोरलानाकाबाट भित्रिएका विद्युतीय सवारी भने गन्तव्यमा पुर्याउन नसकी मुस्ताङमा राखिएका छन् ।शुक्रबार साँझदेखि सडक सञ्चालन भए पनि सडक सहज नभएकाले कोरलानाकाबाट नेपाल भित्रिएका विद्यतीय सवारीसाधनहरु अझै गन्तव्यतर्फ प्रस्थान गर्न सकेका छैनन् । उक्त सडक पूर्ण रूपमा सहज नभएको जनाउँदै सम्बन्धित प्रतिनिधिहरूले गन्तव्यमा पुर्याउन नसकी मुस्ताङमै रोकिन पुगेको हो ।
इटालीका फोटोग्राफर फेडेरिको भेरोनेसीले नामिबियामा खिचेको ‘द आफ्टरम्याथ’ नामक तस्बिरका लागि प्रतिष्ठित ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर २०२६’ को मुख्य उपाधि जितेका छन्।लन्डनको नेचुरल हिस्ट्री म्युजियमद्वारा आयोजित यस ६२औँ संस्करणको प्रतियोगितामा मृत बच्चा बोकेको पोथी हात्तीको उक्त मार्मिक तस्बिर उत्कृष्ट घोषित भएको हो।निर्णायक मण्डलले यो तस्बिरलाई जनावरहरूको संज्ञानात्मक क्षमता, गहिरो शोक र भावनात्मक सम्बन्धको जटिलता उजागर गर्ने एक शक्तिशाली र जीवन्त प्रमाणको रूपमा व्याख्या गरेका छन्।
नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित भएको छ ।न्युयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले १८० मतमध्ये १७३ मत प्राप्त गर्दै एसिया-प्रशान्त क्षेत्रबाट निर्वाचित देशमध्ये सबैभन्दा बढी मत पाएको हो। नेपाल सन् २०२७-२०२९ कार्यकालका लागि निर्वाचित भएको छ। नेपाल यसअघि सन् २०१८-२०२० र २०२१-२०२३ मा परिषद्को सदस्य बनेको थियो। नयाँ कार्यकाल सन् २०२७ जनवरी १ देखि सुरु हुनेछ।
जर्मनीको कोलोनमा १६ वर्षीया किशोरीमाथि रोबोटबाट यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई युवकमाथि अनुसन्धान थालेको छ। रातो र सुनौलो रङको १.२ मिटर अग्लो रोबोटले किशोरीलाई छोएको र अश्लील हाउभाउ गरेको आरोप छ। १६ र १९ वर्षीय युवकले घटनाको भिडियो खिचेर सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरेको आशङ्का छ। प्रहरीले रोबोट र उनीहरूका दुई मोबाइल फोन जफत गरेको छ।
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ १३ पैसा र बिक्रीदर १७० रुपैयाँ ८० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ४५ पैसा र बिक्रीदर २०२ रुपैयाँ २५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८३ रुपैयाँ ४५ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ १० पैसा र बिक्रीदर १०६ रुपैयाँ ५२ पैसा, जापानी येन १ को खरिददर नौ रुपैयाँ ६३…
राजमार्गका होटलमा बासी, झिँगा भन्केको र कमसल खाना बेचिने तथा चर्को मूल्य लिइने गुनासो बढेपछि सरकारले कडाइ गर्ने भएको छ। पूर्वाधार विकास मन्त्रालयले यस्ता होटलको नजिकबाट निगरानी भइरहेको जनाएको छ। खानाले यात्रु बिरामी परेको पाइएमा होटल सञ्चालक र त्यहाँ गाडी रोक्ने चालकलाई कानुनबमोजिम कडा कारबाही गरिने जनाएको छ । मन्त्रालयले खान को गुणस्तर र मुल्यमा गुनासो भए प्रहरीको १०० नम्बरमा खबर गर्न पनि आग्रह गरेको छ ।
आज नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ ।नवदुर्गा मध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकाले यो नामाकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख छ ।वरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवम् दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ। मंगलबार सार्वजनिक ‘वर्ल्ड इकोनोमिक आउटलुक’ को अक्टोबर संस्करणले गत आर्थिक वर्षको वृद्धि ३.६ प्रतिशत रहने अनुमान गरेको छ। यसअघि आईएमएफले चालु वर्षको वृद्धि ४.६ प्रतिशत हुने प्रक्षेपण गरेको थियो। सरकारले भने ७ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ। चालु वर्ष मुद्रास्फीति ५.८ प्रतिशत पुग्ने आईएमएफको अनुमान छ।
सुदूरपश्चिम प्रदेशसभाले नेपाली कांग्रेसको बहिष्कारबीच आर्थिक वर्ष २०८३/८४ को ३७ अर्ब ७० करोड रुपैयाँको बजेट बहुमतले पारित गरेको छ। यससँगै करिब तीन महिनादेखिको बजेट शून्यता अन्त्य भएको छ। बजेट विवाद समाधानका लागि सत्तारूढ नेपाली कम्युनिस्ट पार्टीले विवादित विषयमा छानबिन गर्ने र कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने सहमति गरेको थियो।
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानलाई ११३ रनले हराउँदै लगातार दोस्रो जित निकालेको छ। मंगलबार नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमा समेटियो। नेपालका नन्दन यादव र सन्दीप लामिछानेले समान तीन विकेट लिए। यसअघि रोहित पौडेलले ६१, अर्जुन कुमालले ४० र करण केसीले ४० रन बनाएका थिए। नेपालले शनिबार क्यानडासँग खेल्नेछ।
भोटेकोसी बाढीमा बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकको मृत्यु प्रमाणपत्र जारी गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। मंगलबार संसदीय समितिको बैठकमा कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले कानुनी व्यवस्था संशोधन भइसकेको र डीएनए परीक्षणपछि प्रमाणीकरण सहज हुने बताए। दसैंअघि करिब १०० अस्थायी आवास स्थापना गर्ने लक्ष्य पनि राखिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार राष्ट्रपतिले मंगलबार दिउँसो ‘वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका हुन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्। नेता खतिवडाका अनुसार उनले २ हजार ९१९ मत प्राप्त गर्दा शिवाकोटीले २ हजार ७२ मत पाए। तेस्रो स्थानमा रहेका डिल्लीराम सुवेदीले १ हजार ८५१ मत प्राप्त गरेका छन्। यद्यपि, केन्द्रीय निर्वाचन समितिले मतगणनाको अन्तिम नतिजा औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन।
सरकारले पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब रुपैयाँ अधिकृत पुँजी भएको ‘पूर्वाधार विकास कोष’ स्थापना गर्ने प्रस्ताव गरेको छ। पूर्वाधार विकास मन्त्रालयले यससम्बन्धी विधेयक, २०८३ को मस्यौदा तयार गरेको हो। मस्यौदाअनुसार कोषको जारी पुँजी ५० अर्ब र चुक्ता पुँजी २० अर्ब रुपैयाँ हुनेछ। कोषमा संघ, प्रदेश र स्थानीय सरकार, सरकारी संस्थान, बैंक तथा वित्तीय संस्था र अन्तर्राष्ट्रिय वित्तीय संस्थाको लगानी रहने प्रस्ताव गरिएको छ।
जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले नेपाल–जर्मनी सम्बन्धलाई थप प्रगाढ बनाउँदै आर्थिक तथा श्रम कूटनीतिलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएकी छन्। मंगलबार संसदीय सुनुवाइ समितिमा कार्ययोजना प्रस्तुत गर्दै उनले व्यापार घाटा न्यूनीकरण, पर्यटन प्रवर्द्धन, नेपाली श्रमिकको हकहित संरक्षण र व्यवस्थित श्रम आप्रवासनमा सक्रिय भूमिका खेल्ने बताइन्। सन् २०२८ मा नेपाल र जर्मनीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने उल्लेख गर्दै जोशीले उक्त अवसरलाई दुई देशबीचको सम्बन्ध विस्तार र सहकार्यका लागि महत्वपूर्ण उपलब्धिका रूपमा विकास गर्ने बताइन्।

