Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: chhotokhabar
दसैंमा उपभोक्ताको सहजताका लागि काठमाडौं उपत्यकामा सुरु गरिएको सबै ब्रान्डका एलपी ग्यासको संयुक्त बिक्री वितरण बुधबारसम्म मात्रै सञ्चालन हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघले बिहीबारदेखि पुरानै व्यवस्थाअनुसार डिलरमार्फत ग्यास बिक्री वितरण गरिने जनाएको छ। संघका अध्यक्ष दिवान चन्दका अनुसार बिहीबार र शुक्रबार नियमित आपूर्ति गर्नुपर्ने भएकाले संयुक्त बिक्रीको व्यवस्था बुधबारसम्म मात्रै लागू हुनेछ।
मंगलबार नेप्से परिसूचक ४.१२ अंक बढेर २,५९९ विन्दुमा पुगेको छ। कारोबार रकम अघिल्लो दिनको ४ अर्ब ४६ करोडबाट बढेर ४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। जीवन बीमा समूह १.७७ प्रतिशत र बैंकिङ समूह ०.६९ प्रतिशत बढे। सगरमाथा जलविद्युत् कम्पनीको मूल्य सर्वाधिक १२.४४ प्रतिशत बढ्दा स्नो रिभर्सको मूल्य १५ प्रतिशत घटेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने एसिया भ्रमणका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट हुनसक्ने बताएका छन्। सोमबार ह्वाइट हाउसमा पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भेटको सम्भावना रहेको संकेत गरेका हुन्। ट्रम्पले चीनमा हुने एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) नेताहरूको बैठकमा सहभागी हुने इच्छा पनि व्यक्त गरेका छन्।
आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नेपालले ओमानलाई २६४ रनको लक्ष्य दिएको छ। अल अमरेट क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रन बनायो। रोहित पौडेलले ६१, अर्जुन कुमालले ४० र करण केसीले ४० रन बनाए। रोहित र बसिर अहमदले चौथो विकेटका लागि ८६ रनको साझेदारी गरेका थिए।
सुदूरपश्चिम प्रदेशसभामा बजेट विवाद चर्किएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदनका सबै बैठक बहिष्कार गर्ने निर्णय गरेको छ। बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षीसँग समन्वय नगरेको कांग्रेसको आरोप छ। यता सत्तारूढ नेकपाले बजेट पारित गर्ने, विवादित विषयमा संसदीय छानबिन समिति गठन गर्ने र कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने सहमति गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले सांसद खगेन्द्र सुनारको अडियो प्रकरणमा छानबिन सुरु गरेको छ। आयोगले मंगलबारदेखि प्रमाण संकलन तथा तथ्य जाँच थालेको र सुनारसहित अडियोमा जोडिएकी महिलासँग पनि कुरा गर्ने जनाएको छ। महिलालाई अश्लील गाली र धम्की दिएको भनिएको अडियो सार्वजनिक भएपछि पार्टीले घटनालाई गम्भीर रूपमा लिएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा सञ्चालन गर्ने १४ सेवा प्रदायकलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको छ। तोकिएकोभन्दा बढी शुल्क लिएको, स्वीकृत प्याकेजअनुसार सेवा नदिएको र अनुमति नलिई प्याकेज बिक्री गरेको आरोपमा कारबाही गरिएको हो। प्राधिकरणले अनधिकृत प्याकेज बन्द गर्न तथा ग्राहकलाई क्षति पुगेको भए क्षतिपूर्ति दिन पनि निर्देशन दिएको छ।
नेपथ्यले शनिबार कीर्तिपुरको ल्याब स्कुल मैदानमा करिब आठ हजार दर्शकमाझ कन्सर्ट गरेको छ। गायक अमृत गुरुङले ‘कर्नालीका छाइला’ प्रस्तुत गर्नुअघि नेपाली भाषा र भाका संरक्षण गर्न आह्वान गरे। प्राकृतिक विपत्तिका बेला प्रभावित समुदायलाई सहयोग गर्न पनि उनले आग्रह गरे। ‘रातो र चन्द्रसुर्जे’ गीतसँगै समापन भएको कन्सर्टपछि नेपथ्यले भारत, नेपालका विभिन्न सहर र अस्ट्रेलियामा प्रस्तुति दिनेछ।
विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज दिउँसो १:३० बजे थाइल्यान्ड प्रस्थान गर्दैछन्। अर्थसचिव डा. घनश्याम उपाध्यायसहितको उच्चस्तरीय टोलीले बैंककमा पुनर्निर्माण र जलवायु वित्तका मुद्दा उठाउनेछ। १६ भन्दा बढी द्विपक्षीय छलफल गर्ने कार्यतालिका रहेको यो नेपाली प्रतिनिधिमण्डल आगामी कात्तिक ४ गते स्वदेश फर्कनेछ।
भारतको राजधानी नयाँदिल्लीमा चुनावी प्रदर्शनका क्रममा प्रहरीले धरपकड बढाएपछि युवा प्रदर्शनकारीहरूले निगरानीबाट बच्दै आन्दोलन जारी राख्न नयाँ रणनीति अपनाएका छन् । उनीहरूले मुखुन्डो लगाउने, प्रहरीका सवारीसाधनको गतिविधि पत्ता लगाउने र पक्राउ परेकालाई सहयोग गर्न डिजिटल सञ्जाल परिचालन गर्ने गरेका छन् ।जन्तर मन्तरस्थित मुख्य प्रदर्शनस्थलमा अवरोध गर्न दशौँ हजार सुरक्षाकर्मी परिचालन गरिएपछि प्रदर्शनकारीहरू अन्य स्थानमा भेला हुन थालेका छन् । सप्ताहन्तमा हजारौँलाई पक्राउ गरिए पनि उनीहरूले प्रदर्शन जारी राखेका छन् । पक्राउ परेकामध्ये धेरैलाई पछि रिहा गरिएको छ ।प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ दललाई फाइदा पुग्ने गरी मतदाता सूचीमा हेरफेर गरिएको आरोप लगाउँदै प्रदर्शनकारीहरूले निर्वाचन आयोगका प्रमुखको राजीनामा मागेका छन् । आयोगले…
अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले सन् २०२६ को विश्व आर्थिक वृद्धि ३.१ प्रतिशत रहने अनुमान गरे पनि युद्ध र एआई प्रविधिमा लगानीले अर्थतन्त्रमा विभाजन बढाउने चेतावनी दिएको छ। प्रतिवेदनअनुसार युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य ९५ प्रतिशतसम्म महँगिएको छ। सन् २०२६ मा साउदी अरेबियाको अर्थतन्त्र ३.३ प्रतिशतले सङ्कुचित हुने र चीनको आर्थिक वृद्धिदर ४.५ प्रतिशतमा सीमित हुने अनुमान छ।
स्याउ बिक्रीको मुख्य याम घर्किन लाग्दा मुस्ताङमा उत्पादित स्याउको ३० प्रतिशत मात्रै जिल्ला बाहिर निकासी भएको छ। यस वर्ष १० हजार मेट्रिक टन स्याउ उत्पादन भएको अनुमान छ, जसको मूल्य झन्डै दुई अर्ब रुपैयाँ पर्छ। असोज ११ गतेको भारी वर्षापछि बेनी-जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा निकासी प्रभावित भएको हो। सडक सञ्चालनमा आएपछि किसानले बाँकी स्याउ बजार पठाउन हतारिएका छन्। गत वर्ष मुस्ताङमा सात हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो।
रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ । प्रतिकूल मौसमका कारण करिब चार महिनादेखि उक्त विमानस्थल प्रभावित भएको थियो ।गुल्मीको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले गत जेठको तेस्रो सातादेखि जिल्लामा हवाई उडान अवरुद्ध भएको जानकारी दिए । खराब मौसम, बाक्लो कुहिरो र हावाको चापका कारण उडान सञ्चालनमा समस्या आउन सक्ने भएकाले हवाई सेवा बाध्य भइ रोक्नुपरेको उनले बताए ।हवाई सेवा सञ्चालनमा आएसँगै मङ्गलबार काठमाडौँबाट १३ यात्रु बोकेर विमान गुल्मीमा अवतरण भएको थियो भने गुल्मीबाट दुई जना यात्रु बोकेर काठमाडौँ फर्किएको छ ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ को एकदिवसीय शृङ्खलाअन्तर्गत आज ओमानविरुद्धको खेलमा नेपालले टस जितेर पहिलो ब्याटिङ राजेको छ ।ओमानको अल अमेरत ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा भर्खरै भएको टसमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको हो । यससँगै ओमानले भने पहिला फिल्डिङ गर्नेछ ।जारी शृङ्खलामा नेपाल र ओमान दोस्रो जितको खोजीमा रहेका छन् । यही असोज २६ गते भएको पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गर्दै जित हासिल गरेको थियो । त्यसअघि शुक्रबार भएको खेलमा ओमानले पनि क्यानडालाई ४१ रनले पराजित गरेको थियो । ओमानको जितपछि नेपालको शीर्ष ४ मा पर्ने सम्भावना सकिएको छ भने नेपालको ध्यान अब एकदिवसीय मान्यतालाई…
राष्ट्रिय स्वतन्त्र पार्टीले छानबिनको निर्देशन दिएपछि सांसद खगेन्द्र सुनारले आफ्नो नाम जोडेर सार्वजनिक गरिएको काल्पनिक महिलासँगको अडियो झुटो भएको दाबी गरेका छन् । प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि निरन्तर आरोपको सिकार भइरहेको बताउँदै उनले अडियो एआईलगायत प्रविधि प्रयोग गरेर बनाइएको जिकिर गरे । उनले सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारलाई आग्रह गर्दै सहयोग गर्ने बताएका छन् ।
साउदी अरबले राजधानी रियादस्थित विमानस्थलमा भएको घातक हुथी आक्रमण रोक्न आफ्नो हवाई रक्षा प्रणाली किन असफल भयो भन्ने विषयमा अनुसन्धान सुरु गरेको छ। इरान समर्थित यमनका हुथी विद्रोहीले प्रहार गरेका क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै ३०० भन्दा बढी घाइते भएको क्षेत्रीय अधिकारीहरूले सोमबार बताएका छन्। दुई क्षेत्रीय अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानले हुथी विद्रोहीले सुरुमा धेरै ड्रोन प्रहार गरी त्यसपछि क्रुज र ब्यालिस्टिक क्षेप्यास्त्रमार्फत रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गरेको देखाएको छ। गत सातादेखि साउदी अरबका विभिन्न विमानस्थललाई लक्षित गरी भइरहेका हुथी आक्रमणमध्ये पछिल्लो घटनाले देशको हवाई रक्षा प्रणालीमा रहेका कमजोरी उजागर गरेको छ।
एक महिलालाई धम्की दिएको र ब्ल्याकमेल गरेको भनिएको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारमाथि उठेका विषयमा छानबिन अघि बढाएको छ। पार्टीले केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन गर्न निर्देशन दिँदै निष्कर्ष नआएसम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन भनेको छ। महिलामाथिको दुर्व्यवहार, धम्की र शंकास्पद आर्थिक लेनदेनसम्बन्धी आरोपलाई गम्भीर रूपमा लिएको जनाउँदै रास्वपाले यस्ता विषयमा शून्य सहनशीलताको नीति रहेको जनाएको छ।
बाढीपहिरोले सडक आवागमन प्रभावित हुँदा दसैँमा घर जाने यात्रुहरूको यात्रामा समेत असर पर्न सक्ने देखिएको छ। नेपाल प्रहरीले आज (असोज २७) बिहान ६ बजेसम्मको सडक अवस्थासम्बन्धी विवरण सार्वजनिक गरेको छ। धादिङको त्रिभुवन राजपथ, म्याग्दीको बेनी-जोमसोम, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर र मनाङको बेसीशहर-खाङसार सडकमा एकतर्फी यातायात सञ्चालनमा छ। गोरखामा सोतीस्थित फलामे पुलमा क्षति पुगेको छ भने आरुघाट-धादिङ सडक अवरुद्ध छ।
आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज (मङ्गलवार) घरेलु टोली ओमानसँग खेल्दैछ। ओमानको अल अमेरत क्रिकेट ग्राउन्डमा नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुने यो खेल नेपालका लागि निकै महत्त्वपूर्ण मानिएको छ।लिग तालिकामा ३३ खेलबाट २६ अंकसहित छैटौँ स्थानमा उक्लिएको नेपाललाई शीर्ष ६ भित्रै रहँदै एकदिवसीय अन्तर्राष्ट्रिय ओडीआई मान्यता जोगाउन यो खेल जित्नैपर्ने दबाब छ। यसअघि गत आइतबार भएको खेलमा क्यानडालाई २४ रनले हराउँदै नेपालले महत्वपूर्ण जित दर्ता गरेको थियो। उक्त खेलमा रोहित पौडेलले १२७ बलमा १०१ रनको सानदार शतकीय इनिङ्स खेल्दै टोलीको जितमा निर्णायक भूमिका निभाएका थिए। नेपालको अबको लक्ष्य शीर्ष ६ मा परेर ओडीआई मान्यता जोगाउने र…
पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर ‘सिल्भर ट्रयाङ्गल’ अवधारणामा पर्यटन प्रवर्द्धनको साझा पहल अघि बढाइएको छ। गत जेठमा भएको समझदारीअनुसार तीन स्थानीय तहले पालैपालो पर्यटन मेला (ट्राभल मार्ट) आयोजना गर्ने, संयुक्त ब्रोसर, भिडियो तथा डिजिटल सामग्री तयार गर्ने र एकीकृत पर्यटक प्याकेज विकास गर्नेछन्। भरतपुरमा सोमबार आयोजित अन्तरक्रियामा सरोकारवालाले पर्यटकीय पूर्वाधार, कनेक्टिभिटी र निजी क्षेत्रसँगको सहकार्य विस्तारमा जोड दिएका छन्।

