Author: chhotokhabar

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज बेलुकीसम्म सार्वजनिक हुने भएको छ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति, उपसभापति र महामन्त्रीको मतगणना सम्पन्न भइसकेको छ ।सहमहामन्त्री र केन्द्रीय सदस्यहरूको भने विभिन्न समूहको सकिँदा अन्य समूहको मतगणना धमाधम भइरहेको छ । निर्वाचन समितिले मतगणनालाई तीव्रता दिएसँगै बाँकी परिणामसमेत आजै सार्वजनिक गर्ने तयारी गरेको हो ।गत असोज १८ गतेदेखि शुरू भएको महाधिवेशनको २३ गते मतदान भएको थियो ।

Read More

जाजरकोटको जुनिचाँदे गाउँपालिका-२ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। सुर्खेतबाट जुनिचाँदेतर्फ जाँदै गरेको जिप आज बिहान करिब २ बजे अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको नेपाल प्रहरीले जनाएको छ। दुर्घटनामा चालक सन्तबहादुर बस्नेत र बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको छ। घाइते तीन जनालाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ।

Read More

विज्ञापन बोर्डले औषधिजन्य दाबी गरी अनधिकृत तथा भ्रामक विज्ञापन गर्ने १५ सामाजिक सञ्जाल अकाउन्ट बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ । कपाल उमार्ने, बोसो घटाउने, मिर्गौला सफा गर्ने तथा हड्डी र नसाको पीडा कम गर्ने दाबीका विज्ञापनमा बोर्डले निगरानी गरेको हो । अन्य १७ सामाजिक सञ्जालसँग सम्पर्क गरी भ्रामक विज्ञापन हटाउन लगाइएको बोर्डको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

Read More

लमजुङ बेँसीसहर नगरपालिका-३, गाउँसहरस्थित लमजुङ दरबारको कालिका भगवती मन्दिरमा अहिले नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरिन्छ । मुख्य पुजारी सोमराज बरालका अनुसार घटस्थापनादेखि पूर्णिमासम्म गरिने विशेष पूजामा जनताको कल्याणको कामना गर्दै सङ्कल्प गरिन्छ ।“पहिले राजाको भलो होस्, राम्रो होस् भनेर सङ्कल्प गरिन्थ्यो । अहिले देशका जनताको सुख, शान्ति र समृद्धिको कामना गर्दै पूजा गर्ने गरिएको छ”, उनले बताए । समयसँगै पूजाको सङ्कल्प फेरिए पनि पुस्तौँदेखि चल्दै आएको धार्मिक विधि र परम्परा भने निरन्तर छ । यहाँ कालिका भगवतीको आराधनासँगै विभिन्न देवीदेवताको नाम पुकारेर पूजा गर्ने परम्परा छ ।

Read More

दसैँका बेलामा विभिन्न कारणले गाउँघरमा लिङ्गे पिङ हाल्ने परम्परा हराउँदै गएकाले मौलिक संस्कृतिको संरक्षणका लागि दसैँमा लिङ्गे पिङ हाल्नका लागि नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा वडा कार्यालयले आर्थिक सहयोग गर्ने भएको छ । सो कार्यालयले प्रतिटोल विकास संस्थालाई पिङ हाल्न लाग्ने अनुमानित खर्च रु पाँच हजार ५०० प्रदान गर्ने निर्णय गरेका छ ।वडाध्यक्ष प्रकाश सापकोटाले लोप हुन लागेको लिङ्गे पिङको जगेर्ना गर्ने उद्देश्यले वडाभित्रका १० वटै टोल विकास संस्थालाई आर्थिक सहयोग गर्न लागिएको बताए ।

Read More

धरानमा तीन आर्थिक वर्षमा लागूऔषधसम्बन्धी ४०६ मुद्दा दर्ता भएका छन् । इलाका प्रहरी कार्यालय धरानका अनुसारका आर्थिक वर्ष २०८१/८२ देखि चालु आर्थिक वर्ष २०८३/८४ को असोजसम्म विभिन्न कसुरका एक हजार १७२ मुद्दा दर्ता भएका छन् । सो अवधिमा लागूऔषधसम्बन्धी ४०६ मुद्दा दर्ता भएका थिए । प्रहरीका अनुसार लागूऔषधको प्रयोग तथा कारोबारमा बेरोजगार र ज्याला मजदुरी गर्ने युवाको संलग्नता बढी देखिएको छ । उमेरका आधारमा १५ देखि ५५ वर्ष समूहका व्यक्ति बढी संलग्न रहेको प्रहरीको भनाइ छ ।कारोबारीले सवारीसाधन र शरीरमा लुकाएर लागूऔषध ओसारपसार गर्ने गरेको पाइएको छ ।

Read More

राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । यसले आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ०७ पैसा र बिक्रीदर १७० रुपैयाँ ७४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ५७ पैसा र बिक्रीदर २०२ रुपैयाँ ३७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८२ रुपैयाँ ३० पैसा र बिक्रीदर १८३ रुपैयाँ २ पैसा रहेको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०७…

Read More

नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । सिंहमाथि बसेकी र दुवै हातमा कमलपुष्प समातेकी रूपमा चित्रित उनको आराधनाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । घटस्थापनादेखि नवमीसम्म विभिन्न देवीको पूजा गरिन्छ भने देशभरका शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती र देवी स्तोत्र पाठ गरिन्छ ।

Read More

संसदीय सुनुवाइ समितिले साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको छ। सुनुवाइका क्रममा उनीहरूमाथि उठेका विभिन्न प्रश्न र उजुरीबारे छलफल भएको थियो। यस्तै, जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाबारे थप विवरण माग गर्दै समितिले अनुमोदनसम्बन्धी निर्णय होल्ड गरेको छ।

Read More

संसदीय सुनुवाइ समितिले १३ देशका लागि प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन गरेको छ। बुधबार अनुमोदित हुनेमा भारतका निश्चलनाथ पाण्डे, चीनका कल्याणराज शर्मा, अमेरिकाका चिरनजंग थापा, बेलायतका गौरवशमशेर राणा र जर्मनीका सरू जोशी छन्। त्यस्तै, इजरायल, स्पेन, ओमान, दक्षिण कोरिया र श्रीलंकाका लागि प्रस्तावित राजदूत पनि अनुमोदित भएका छन्।

Read More

भारत भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। जयशंकरले सामाजिक सञ्जाल फेसबुकमार्फत भेटको तस्बिर सार्वजनिक गर्दै नेपाली गृहमन्त्री गुरुङसँग भेटेर खुसी लागेको बताएका छन्।

Read More

अर्थ मन्त्रालयले भोटेकोशी बाढीका कारण चालु आर्थिक वर्ष २०८३/८४ मा राजस्व संकलन प्रभावित हुने र खर्चको दायित्व बढ्ने अनुमान गरेको छ। बाढीबाट पुनर्निर्माणमा करिब ७ खर्ब २३ अर्ब रुपैयाँ आवश्यक पर्ने आकलन गरिएको छ। सरकारले ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखे पनि मन्त्रालयले ३.५ देखि ४ प्रतिशतसम्म मात्रै वृद्धि हुने अनुमान गरेको छ।

Read More

महान्यायाधिवक्ता कार्यालयले सङ्गठित अपराधमा अभियोग दाबी कायम नभए अन्य मिलापत्रयोग्य मुद्दामा पीडित र प्रतिवादीबीच मिलापत्र गर्न सकिने व्यवस्था गर्दै सरकारी वकिल कार्यालयलाई परिपत्र गरेको छ। यसले ठगी, चेक बाउन्स, वैदेशिक रोजगार र अनुचित लेनदेनजस्ता मुद्दामा मिलापत्रको बाटो खोल्नेछ। तर, सम्बन्धित अभियोगमा पुनरावेदन प्रक्रिया अन्तिम भइसकेको हुनुपर्नेछ र पीडितको सहमतिमा प्रक्रिया अघि बढाइनेछ।

Read More

१३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ बुधबार सकिएको छ। अब संसदीय सुनुवाइ समितिले उनीहरूको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्न बाँकी छ। सुनुवाइका क्रममा साउदी अरेबिया, जापान र मलेसियाका लागि प्रस्तावित राजदूतको नैतिक आचरणबारे सांसदहरूले प्रश्न उठाएका छन्। समितिले आन्तरिक छलफलपछि निर्णय गर्ने तयारी गरेको छ।

Read More

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वर्तमान सरकार गठन भएयताका ६ महिनामा भएका उपलब्धि सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार सिँचाइ आयोजनामार्फत थप हजारौँ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ। नेपाल–भारत विद्युत् आयात क्षमता १,४०० मेगावाट र निर्यात क्षमता १,६५० मेगावाट पुर्‍याउने सहमति भएको छ। ऊर्जा दक्षता विधेयक संसद्मा पुगेको छ भने विद्युत् प्राधिकरणको पुनर्संरचनाको तयारी भइरहेको छ।

Read More

चालु आर्थिक वर्ष २०८३/८४ को भदौसम्म २० वाणिज्य बैंकले १७ अर्ब १ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको नाफा १६ अर्ब ५९ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकहरूको नाफा ७.३२ प्रतिशतले बढेको छ । सर्वाधिक नाफा आर्जन गर्नेमा नबिल बैंक रहेको छ ।

Read More

बुधबार नेप्से परिसूचक २१.३२ अंकले बढेर २६२१ अंकमा पुगेको छ । योसँगै सेयर बजार लगातार पाँच कारोबार दिनदेखि उकालो लागेको हो । बैंकिङ समूह १.४५ प्रतिशत बढ्दा बजारलाई मुख्य टेवा मिल्यो । आज ४ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको छ । १८८ कम्पनीको मूल्य बढ्दा ८० कम्पनीको घटेको छ भने नौ कम्पनीको मूल्य स्थिर रह्यो ।

Read More

कोशीमा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले संघीयता सुदृढ गर्दै सक्षम, चुस्त, मितव्ययी र उत्तरदायी शासन सञ्चालन गर्ने नौबुँदे साझा प्रतिबद्धता गरेको छ। मुख्यमन्त्रीहरूले संविधानको पूर्ण कार्यान्वयन, प्रदेश र स्थानीय तहबीच समन्वय, सुशासन, पारदर्शी बजेट व्यवस्थापन, नागरिकमैत्री सेवा, समावेशी विकास, प्रविधिको प्रयोग तथा प्रदेशबीच अनुभव आदानप्रदानमा जोड दिएका छन्। प्रतिबद्धता कार्यान्वयनको समीक्षा गर्न वर्षमा कम्तीमा एकपटक अन्तरप्रदेश बैठक गर्ने सहमति पनि भएको छ।

Read More

मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज २८ गतेदेखि नेपालका सबै भूभागबाट यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरिएको छ। यस वर्ष असार ५ गते मनसुन भित्रिएको थियो भने सरदर मितिभन्दा १२ दिन ढिलो बाहिरिएको हो। मनसुन बाहिरिएसँगै आगामी केही दिन मौसम घमाइलो रहने र पहाडी क्षेत्रका एक–दुई स्थानमा छिटपुट वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

Read More

जापानका लागि प्रस्तावित नेपाली राजदूत डा. जिज्ञानकुमार थापाको विदेशी स्थायी आवासीय अनुमतिपत्र (पीआर), स्वार्थको द्वन्द्व र पारिवारिक हैसियतबारे सांसदहरूले प्रश्न उठाएका छन्। बुधबार संसदीय सुनुवाइ समितिमा उनको कार्ययोजनामाथि छलफलअघि नियुक्तिको योग्यताबारे बहस भएको हो। एमाले सांसद प्रेमप्रसाद दंगालले संविधानको धारा २९१ उल्लेख गर्दै पीआर त्यागेको कम्तीमा तीन महिना बितेपछि मात्र नियुक्तिका लागि बाधा नपर्ने व्यवस्था रहेको स्मरण गराए।

Read More