Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: chhotokhabar
भारतीय सेनाध्यक्ष धिरज सेठलाई राष्ट्रपति पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन्।
सभामुख अर्यालले संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई निर्देशन दिएका छन्।
नेप्से २ अंक घटे पनि साताको पहिलो दिन सेयर कारोबार रकम साढे ५ अर्ब नाघेको छ।
अस्ट्रेलियाले आप्रवासन नियन्त्रणका लागि ओभरस्टे गर्ने विदेशी नागरिकमाथि निगरानी र कारबाही कडा बनाउने तयारी गरेको छ।
गगन थापाले कांग्रेसको राष्ट्रिय भेलापछि पछिल्ला तीन दिनमा जीवनकै सबैभन्दा बढी आलोचना खेपेको बताएका छन्।
भारतीय सेनाध्यक्ष धिरज सेठ नेपाल–भारत सैन्य सम्बन्ध सुदृढीकरण तथा मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्न काठमाडौं आएका छन्।
एमाले अध्यक्ष ओलीले नेतृत्व परिवर्तनको मागलाई अराजक गतिविधि भन्दै पार्टी अहिले पुनर्गठन नभई पुनर्जागरणको चरणमा रहेको बताएका छन्।
कांग्रेस इतर समूहले १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा सम्पन्न गर्ने निर्णय गरेको छ।
कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा ‘सनातन हिन्दु राष्ट्र’सम्बन्धी शब्दावली समेट्ने विषयमा नेताहरूबीच विवाद भएको छ।
डा. धवलशम्शेर राणाको अध्यक्षतामा ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ।
सम्पत्ति छानबिन आयोगको संवैधानिकतामाथि परेका छवटा रिट सर्वोच्चको संवैधानिक इजलासबाट टुंगो लाग्ने भएको छ।
सरकारी कर्मचारीको वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य गर्दै फर्किएपछि सिकाइ र अनुभव पाँच दिनभित्र सहकर्मीमाझ बाँड्नुपर्ने व्यवस्था गरिएको छ।
सरकारले १ साउन २०८३ देखि लागू हुने गरी न्यायपालिका र संवैधानिक निकायका पदाधिकारीको नयाँ तलबमान निर्धारण गरेको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा नियुक्त खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन्।
आईजी दानबहादुर कार्कीमाथि सांसदले गरेको व्यवहारप्रति गृहमन्त्री सुधन गुरुङले असन्तुष्टि जनाएका छन्।
प्रा.डा. विवेक बराल काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका छन्।
शशांक कोइरालाले देउवा नै कांग्रेसका नेता भएको बताउँदै पार्टी एकताका लागि राष्ट्रिय भेला आयोजना गरिएको बताएका छन्।
शेरबहादुर देउवाले कांग्रेस संस्थापन इतर पक्षको तीनदिने राष्ट्रिय भेलाको उद्घाटन गरेका छन्।
प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीच देशभरको बाढीपहिरोलगायत विपद्का विषयमा छलफल भएको छ।
समर्थन गुमाएर अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा घोषणा गरेका छन्।

