ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिका पुगेपछि आफू निर्वाचित राष्ट्रपति भएको दाबी गरेका छन् । उनले ब्राजिलको चुनावमा धाँधली भएको आरोप लगाउँदै अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने वताएका छन् । यसअघि वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले दोस्रो चरणको निर्वाचनमा विजय हासिल गरेका थिए ।
पैँतालिस वर्षीय बोल्सोनारो बुधबार मियामी नजिकै निजी विमानबाट अमेरिका पुगेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलको निर्वाचन प्रक्रिया असामान्य भएको धारणा ब्यक्त गरेपनि बोल्सोनारोको राष्ट्रपति पदसम्बन्धी दाबीमा आफू संलग्न नहुने बताएका छन् ।
फ्लेभियोका पिता तथा पूर्वराष्ट्रपति जाइर बोल्सोनारो सन् २०२२ को निर्वाचनमा लुलासँग पराजित भएपछि परिणाम उल्ट्याउने प्रयासमा असफल भएका थिए । उनी अहिले घरमै नजरबन्दमा छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
अमेरिका पुगेपछि बोल्सोनारोको राष्ट्रपति भएको दाबी
Previous Articleएनपिएलः जनकपुरविरुद्ध काठमाण्डु टस जितेर ब्याटिङमा
Next Article गौँथलीलाई ‘कान’ को स्वतन्त्र फेस्टिभलमा अवार्ड



NPL Special
NPL Special