काठमाडौं, एक साताभित्र दोस्रो चक्रवात आएपछि पूर्वी भारतमा मङ्गलबार भारी वर्षा भएको छ । चक्रवात मुरासुका कारण सम्भावित जोखिमबाट जोगाउन हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने विद्यालय बन्द गर्नुका साथै रेल र केही हवाई सेवा रोकिएको छ ।
भारतीय मौसम विभागका अनुसार चक्रवात मुरासु मङ्गलबार बिहान आन्ध्र प्रदेशको प्रकाशम जिल्लास्थित ओङ्गोल नजिकै तटीय क्षेत्रमा प्रवेश गरेको थियो । त्यसबेला आँधीको अधिकतम हावाको गति प्रतिघण्टा १०० देखि ११० किलोमिटर थियो ।
चक्रवात कमजोर हुँदै गए पनि त्यसपछि केही घण्टासम्म भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । अधिकारीहरूले वर्षाका कारण तल्लो क्षेत्रमा बाढी आउनुका साथै जनजीवन प्रभावित हुन सक्ने चेतावनी दिएका छन् । भारतीय मौसम विभागका अनुसार तटीय क्षेत्रमा १.५ मिटरसम्म अग्लो समुद्री छाल उठ्न सक्ने सम्भावना छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
पूर्वी भारतमा दोस्रो चक्रवात, हजारौँ सुरक्षित स्थानमा सारिए !
Previous Articleआज सुनको मूल्य बढ्योः चाँदीको घट्यो !
Next Article सीएफडीए फेसन अवार्ड: यस्ता देखिए हलिउड सेलिब्रेटीहरू



NPL Special
NPL Special