काठमाडौं, कमिल मिशाराको अविजित १२० रन र बलरहरूको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोजले काठमान्डु गोर्खाजलाई ६१ रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ।
बुधबार कीर्तिपुरस्थित टीयू मैदानमा भएको एलिमिनेटरमा पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो। जवाफमा काठमान्डुले ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो।
चितवनका लागि मिशाराले ५९ बलमा ५ चौका र १० छक्कासहित १२० रन बनाए। रवि बोपाराले ५३ रन जोडे। बलिङमा रिजन ढकालले ४ विकेट तथा उसामा मिरले ३ विकेट लिए।
अब चितवनले बिहीबार दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग खेल्नेछ।


NPL Special
NPL Special
NPL Special
NPL Special