तुलसीपुर, सुरुका दिनमा सडकमा जथाभावी पशुचौपाया बाँध्ने, प्लास्टिक जलाउने र नालामा फोहोर फाल्ने ठूलो समस्या झेलिरहेको दाङको पार्विक टोल अहिले पूर्ण रूपमा बदलिएको छ। १४० घरधुरीले कडा नियम बनाई प्लास्टिक जलाउन प्रतिबन्ध लगाएपछि गाउँ सफा बनेको छ। ठाउँ-ठाउँमा स्ट्यान्डसहितका डस्टबिन राखिएका छन् भने सडक वरपर फुलेका सयपत्री फूलले टोललाई निकै सुन्दर र मनमोहक देखाएको छ। महिनाको अन्तिम शनिबार सबै टोलवासी मिलेर गर्ने सामूहिक सरसफाइले गाउँमा उदाहरणीय र सकारात्मक परिवर्तन ल्याएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
अनुशासनले बदलियो पार्विक टोल: सयपत्री फूल र सफाइले बन्यो उदाहरणीय
Previous Articleअन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल
Next Article तिहारमा मिठाई र बत्तीको व्यापार


NPL Special
NPL Special
NPL Special
NPL Special