आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा नेपालले ओमानलाई २८१ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै २८० रन बनायो। रोहित पौडेलले ८०, दीपेन्द्रसिंह ऐरीले ६९ र देव खनालले ५७ रन बनाए। रोहित र दीपेन्द्रले चौथो विकेटका लागि १३९ रनको साझेदारी गरे। शीर्ष ६ मा उक्लिन नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


