बेलायतका लागि प्रस्तावित नेपाली राजदूत गौरवशमशेर जबराले नेपाल–बेलायत सम्बन्धलाई थप सुदृढ बनाउँदै आर्थिक कूटनीतिलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। संसदीय सुनुवाइ समितिमा कार्ययोजना प्रस्तुत गर्दै पूर्वप्रधानसेनापति जबराले व्यापार, लगानी, प्रविधि हस्तान्तरण र जनस्तरको सहकार्य विस्तार गर्ने बताए। आफू पूर्वसैनिक नेतृत्वकर्ता मात्र नभई नेपाल सरकार र नेपाली जनताको प्रतिनिधिका रूपमा काम गर्ने उनको भनाइ छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


