काठमाडौं, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उपत्यकाका सुकुम्वासी बस्तीबाट हटाइएका वास्तविक सुकुम्वासीको दिगो बसोबासको व्यवस्था हुन नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।
सामाजिक सञ्जालमा उनले सुकुम्वासी समस्या बलपूर्वक बस्ती हटाएर समाधान नहुने बताएका छन्। ग्रामीण क्षेत्रमा रोजगारीको अभावमा शहर पस्न बाध्य श्रमिक नै मुख्य रूपमा सुकुम्वासी बन्ने गरेको उल्लेख गर्दै उनले उनीहरूको श्रम र योगदानलाई सम्मान गर्नुपर्ने बताएका छन्। फोहर उठाएर फ्याँकेजस्तो तरिकाले यो आर्थिक-सामाजिक र मानवीय समस्या कहिल्यै हल हुनैसक्दैन, उनले लेखेका छन् ।
भट्टराईले शहरभित्रै सम्मानजनक आवासको व्यवस्था गरेर समस्या दिगो रूपमा समाधान गर्न सरकारलाई सुझाव दिएका छन्।


NPL Special
NPL Special
NPL Special
NPL Special