काठमाडौं, नेपाल भौगर्भिक समाजको आयोजनामा १२औँ नेपाल भौगर्भिक सम्मेलन आजदेखि यहाँ सुरु हुँदैछ । समाजका महासचिव शिवकुमार बाँस्कोटाले आज मङ्सिर ३ देखि ५ गतेसम्म सम्मेलनको आयोजना गरिएको जानकारी दिए ।
अन्तरराष्ट्रिय सम्मेलनमा विभिन्न २७ देशबाट ३५० भन्दा बढी भूगर्भविद्, वैज्ञानिक, अनुसन्धानकर्ता तथा विज्ञको सहभागिता रहने महासचिव बाँस्कोटाले बताए ।
हिमालय क्षेत्रको भूगर्भीय अवस्था, भूगर्भ विज्ञानका नवीनतम अनुसन्धान तथा उपलब्धि, प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरण, जलवायु परिवर्तन, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन तथा पर्वतीय क्षेत्रको दिगो विकाससम्बन्धी वैज्ञानिक ज्ञान र अनुभव आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनमा विभिन्न विषयगत क्षेत्रका १७० वैज्ञानिक प्रस्तुति, सातवटा मुख्य सत्र, पाँचवटा विशेष वैज्ञानिक सत्र सञ्चालन हुनेछन् । सम्मेलनमा विश्वविद्यालय, सरकारी निकाय, विकास साझेदार संस्था, व्यावसायिक तथा प्राज्ञिक समाजका प्रतिनिधिको सहभागिता रहने समाजले जनाएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleडलरको भाउ कति पुग्यो ?
Next Article एपिएफ महिला गोल्डकपको फाइनलमा


NPL Special
NPL Special
NPL Special
NPL Special