काठमाडौं, हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आज सोमबार हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भाग तथा कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार आज राति हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
पश्चिमी वायुको प्रभाव: आज हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
Previous Articleघोप्टेभिरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग फेरि अवरुद्ध


NPL Special
NPL Special
NPL Special
NPL Special