Close Menu
chhotokhabarchhotokhabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने

    November 29, 2026, 7:20 am

    झापामा एक करोडभन्दा बढी मूल्यको फर्सीको बियाँ बरामद

    November 29, 2026, 7:11 am

    ‘जनताभन्दा माथि नेता होइनन्, जनताको सेवक बन्नुपर्छ’ : गृहमन्त्री गुरुङ

    November 29, 2026, 7:09 am
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    chhotokhabarchhotokhabar
    Subscribe
    • होमपेज
    • NPL
    • समाचार

      कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने

      November 29, 2026, 7:20 am

      झापामा एक करोडभन्दा बढी मूल्यको फर्सीको बियाँ बरामद

      November 29, 2026, 7:11 am

      ‘जनताभन्दा माथि नेता होइनन्, जनताको सेवक बन्नुपर्छ’ : गृहमन्त्री गुरुङ

      November 29, 2026, 7:09 am

      शिक्षक बन्न परीक्षा दिन पुगेका २० जनाको मोबाइल जफत

      November 29, 2026, 6:50 am

      सरकारका कामकारबाही कानुनी प्रक्रियामा आधारित हुनुपर्छ : सभामुख

      November 29, 2026, 6:39 am
    • राजनीति

      कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने

      November 29, 2026, 7:20 am

      ‘जनताभन्दा माथि नेता होइनन्, जनताको सेवक बन्नुपर्छ’ : गृहमन्त्री गुरुङ

      November 29, 2026, 7:09 am

      सरकारका कामकारबाही कानुनी प्रक्रियामा आधारित हुनुपर्छ : सभामुख

      November 29, 2026, 6:39 am

      राष्ट्रपति पौडेलसँग कांग्रेस संसदीय दलका नेता आङ्देम्बेको भेट

      November 28, 2026, 7:48 pm

      सीमा मुद्दा नउठाएको भन्दै कांग्रेसद्वारा सरकारसँग जवाफ माग

      November 28, 2026, 6:45 pm
    • खेलकुद
      • Nepal Premier League
      • Check your NPL Knowledge
    • राशिफल
    • मनोरञ्जन

      बलात्कारको आरोपमा फ्रान्सेली अभिनेता डेपार्डियुमाथि मुद्दा चल्ने

      November 27, 2026, 10:29 am

      ‘ॐ’ लेखिएको कपडा बिकिनीमाथि लगाउँदा केन्डल जेनर विवादमा

      November 26, 2026, 12:55 pm

      ‘नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक

      November 26, 2026, 7:15 am

      सिनेपा स्टुडियो निर्माणमा ढिलाइ नगर्न सञ्चारमन्त्रीको निर्देशन, प्राकृतिक सौन्दर्य जोगाउन विकल्प खोजिने

      November 25, 2026, 8:00 pm

      जापानमा दक्षिण कोरियाली ब्यान्ड एन्हाइफन

      November 20, 2026, 7:59 pm
    • सामाजिक

      तिहारमा ठूलो आवाज निकालेर उपद्रव मच्चाउने २५ मोटरसाइकलमाथि प्रहरीको कारबाही

      November 11, 2026, 12:25 pm

      ६ जिल्लामा प्रहरीको सक्रियता: लागूऔषधसहित १२ जना पक्राउ

      November 11, 2026, 11:30 am

      गाँजा खेतीलाई वैधानिकता दिन बाटो खुला: तीन महिनाभित्र नियमावली बनाउन सर्वोच्चको निर्देशन

      November 2, 2026, 7:19 am

      दसैंमा बत्ती नजाने ग्यारेन्टी: प्राधिकरणले कस्यो कम्मर

      October 16, 2026, 9:41 pm

      दसैँ यात्रामा निस्कँदै हुनुहुन्छ? यी सडकको अवस्था बुझ्नुहोस्

      October 13, 2026, 9:00 am
    • प्रविधि
    • अन्तर्राष्ट्रिय
    chhotokhabarchhotokhabar
    Home » नेपाललाई भारतको २ खर्ब ४० अर्ब  सहयोग, काठमाडौं–भैरहवा–लखनउ हवाई रुट दुईतर्फी बनाइने
    राजनीति

    नेपाललाई भारतको २ खर्ब ४० अर्ब  सहयोग, काठमाडौं–भैरहवा–लखनउ हवाई रुट दुईतर्फी बनाइने

    chhotokhabarBy chhotokhabarNovember 23, 2026, 5:00 pmUpdated:November 23, 2026, 5:01 pmNo Comments3 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp VKontakte Email
    संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदी नयाँदिल्ली, ७ मङ्सिरः भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हैदरावाद हाउसमा आज आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय÷रासस
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, 2026-11-23  नेपाल र भारतबीच नेपालको विकास परियोजनाका लागि २ खर्ब ४० अर्ब  रुपैयाँ बराबरको भारतीय सहायता उपलब्ध गराउने तथा काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुईतर्फी सञ्चालन गर्ने सहमति भएको छ।

    भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको उच्चस्तरीय वार्तापछि जारी संयुक्त प्रेस विज्ञप्तिमा उक्त सहमति उल्लेख छ।

    सहमतिअनुसार भारतले नेपाललाई २४ २ खर्ब ४० अर्ब  नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउनेछ। यसमध्ये विपद्पछिको पुनर्निर्माण र नयाँ पूर्वाधार परियोजनाका लागि पाँच हजार ६०० करोड रुपैयाँ अनुदान तथा ऊर्जा क्षेत्रका परियोजनाका लागि १८ हजार ४०० करोड रुपैयाँ ऋण उपलब्ध गराइनेछ। सहायताअन्तर्गत सञ्चालन हुने परियोजना र कार्यविधि दुवै देशबीचको आपसी परामर्शबाट टुंगो लगाइने विज्ञप्तिमा उल्लेख छ।

    त्यस्तै, दुई देशबीच हाल एकतर्फी रूपमा सञ्चालन हुँदै आएको बी३४५ काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई अब दुईतर्फी बनाउने सहमति भएको छ। यससम्बन्धी प्राविधिक परामर्श गरी कार्यविधि टुंगो लगाइनेछ। दुवै देशले उठाएका अन्य नागरिक उड्डयनसम्बन्धी प्रस्तावमाथि पनि छलफल अघि बढाइनेछ।

    त्यस्तै, नेपालको पारवहन व्यापारका लागि भारतको गुजरातस्थित दीनदयाल बन्दरगाह (काण्डला) हुँदै नयाँ पारवहन मार्ग उपलब्ध गराउने घोषणा गरिएको छ। आवश्यक पूर्वाधार तयार भएपछि ओडिशास्थित पारादीप बन्दरगाहमा समेत पहुँच उपलब्ध गराइनेछ।

    दुई देशबीच सीमापार सम्पर्क सञ्जाल विस्तार गर्ने क्रममा रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्वेक्षण सम्पन्न भएको घोषणा गरिएको छ। नेपालमा पूर्व–पश्चिम रेलमार्ग विकासमा पनि भारतले सहकार्य गर्नेछ। प्रधानमन्त्री मोदी र शाहले अयोध्या–जनकपुरबीच सञ्चालन हुने सरयू–कमला एक्सप्रेस रेल सेवाको उद्घाटन गरेका छन्। यसले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

    सीमा पूर्वाधारतर्फ भारतको बनबासामा नयाँ एकीकृत जाँच चौकी (आईसीपी) निर्माणको शिलान्यास गरिएको छ। भैरहवा, सुनौली र दोधारा–चाँदनीमा निर्माणाधीन आईसीपीको प्रगतिप्रति दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन्। भारतको धार्चुला र नेपालको दार्चुलाबीच नयाँ मोटर चल्ने पुलको उद्घाटनसमेत गरिएको छ।

    ऊर्जा तथा पेट्रोलियम क्षेत्रमा सहकार्य विस्तार गर्दै मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण नेपाललाई समर्पण गरिएको छ। झापामा पेट्रोलियम टर्मिनल निर्माणको शिलान्यास गरिएको छ भने सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण कार्य शीघ्र अघि बढाउने सहमति भएको छ।

    जलविद्युत् क्षेत्रमा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ। पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र टुंग्याएर कार्यान्वयन अघि बढाउन दुवै देशले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय परियोजनाको डीपीआर निर्माणलाई पनि तीव्रता दिने सहमति भएको छ।

    यसैगरी, चितवनमा भारतको अनुदान सहयोगमा कृषि औद्योगिक पार्क स्थापना गरिने भएको छ। नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को अफसोर क्याम्पस स्थापना गर्न पनि भारत सहमत भएको छ। यसले नेपालको उच्च शिक्षा र रोजगारी सिर्जनामा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    दुवै प्रधानमन्त्रीले ‘विकसित भारत र समुन्नत नेपाल’ संयुक्त दृष्टिकोणपत्रसमेत अपनाएका छन्। उक्त दस्तावेजमा आर्थिक तथा विकास साझेदारी, ऊर्जा, जलस्रोत, सम्पर्क सञ्जाल, जलवायु अनुकूलन, विपद् व्यवस्थापन, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष र नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्ने मार्गचित्र समेटिएको छ।

    भ्रमणका क्रममा शिक्षा, अनुसन्धान, सुरक्षा, प्रशासनिक क्षमता अभिवृद्धि, आयुर्वेद, स्वास्थ्य, अन्तरिक्ष प्रविधि, दिगो सहरी विकास तथा पशुपालन र मत्स्य विकाससम्बन्धी आठवटा समझदारीपत्र आदानप्रदान भएका छन्।

    यसैबीच, प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन्। मोदीले निमन्त्रणा स्वीकार गर्दै भ्रमणको मिति कूटनीतिक माध्यमबाट तय गरिने जनाएका छन्।

    दुवै देशले आपसी विश्वास, मित्रता, सम्मान र आर्थिक तथा विकास साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

    featured India Narendra Modi nepal picks PM Balendra Shah State Visit
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Email
    Previous Articleआर्थिक स्वतन्त्रता कुण्ठित गर्ने असान्दर्भिक कानुन खारेज गरिँदै : मन्त्री गौतम
    Next Article नेपाल–भारतबीच ‘समुन्नत नेपाल, विकसित भारत’ संयुक्त दृष्टिपत्र स्वीकृत
    chhotokhabar
    • Website

    Related Posts

    कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने

    November 29, 2026, 7:20 am

    झापामा एक करोडभन्दा बढी मूल्यको फर्सीको बियाँ बरामद

    November 29, 2026, 7:11 am

    ‘जनताभन्दा माथि नेता होइनन्, जनताको सेवक बन्नुपर्छ’ : गृहमन्त्री गुरुङ

    November 29, 2026, 7:09 am

    शिक्षक बन्न परीक्षा दिन पुगेका २० जनाको मोबाइल जफत

    November 29, 2026, 6:50 am
    Leave A Reply Cancel Reply

    Demo
    Top Posts

    शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम: सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह

    September 23, 2026, 2:51 pm587 Views

    एमाले बैठकमा ओलीको नयाँ ‘कमाण्ड’: केन्द्रीय सदस्यका लागि कडा नियम जारी

    September 21, 2026, 4:07 pm300 Views

    एसियाली खेलकुद महिला क्रिकेटः स्वर्णका लागि भारत र श्रीलंकाबीच महाभिडन्त

    September 22, 2026, 1:02 pm201 Views
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram
    Demo
    Most Popular

    दसैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे

    October 7, 2026, 7:42 pm49 Views

    भोटेकोशी बाढीको क्षतिबापत नेपालले हानि तथा नोक्सानी कोषबाट सहयोग पाउने

    October 1, 2026, 3:43 pm45 Views

    कांग्रेस महाधिवेशनको मतदान आज नहुने, शुक्रबार बिहान ७ बजेदेखि हुने

    October 8, 2026, 4:35 pm43 Views
    About Us

    छोटो खबर एक नेपाली डिजिटल समाचार माध्यम हो, जहाँ राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन र समसामयिक विषयका ताजा समाचार सत्य, तथ्यमा आधारित र निष्पक्ष रूपमा प्रस्तुत गरिन्छन्।

    Editor-in-Chief: Nribesh Nepal
    Chairman: Santos Silwal (Giri)

    Address: Kathmandu, Nepal
    Email Us: [email protected]
    Contact: +977-9700000200

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • मनोरञ्जन
    • राजनीति
    • सामाजिक
    • अन्तर्राष्ट्रिय
    © 2026 ChhotoKhabar. All rights reserved.. Designed by Ikigai Technology.

    Type above and press Enter to search. Press Esc to cancel.

    NPL SpecialNPL SpecialNPL SpecialNPL SpecialNPL SpecialNPL SpecialNPL SpecialNPL Special