काठमाडौं, नेपाल र भारतका प्रधानमन्त्रीले ‘समुन्नत नेपाल र विकसित भारत’ निर्माणका लागि संयुक्त दृष्टिपत्र (ज्वाइन्ट भिजन पेपर) स्वीकृत गरेका छन्। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ताका क्रममा उक्त दृष्टिपत्र स्वीकृत गरिएको हो।
नेपाल र भारतका परराष्ट्र मन्त्रालयले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिअनुसार दृष्टिपत्रले दुई देशबीचको साझेदारीलाई विस्तार गर्दै भविष्य केन्द्रित सहकार्यका लागि मार्गचित्र प्रदान गर्नेछ।
दश बुँदे दृष्टिपत्रमा आर्थिक तथा विकास साझेदारी, भौतिक र डिजिटल सम्पर्क सञ्जाल, ऊर्जा, जलस्रोत, जलवायु उत्थानशीलता, सुशासन, प्रविधि, अन्तरिक्ष, नवप्रवर्तन, शिक्षा, सीप विकास, खेलकुद, संस्कृति, पर्यटन, स्वास्थ्य र कृषि क्षेत्र समेटिएका छन्।
त्यस्तै, जलवायु परिवर्तनका जोखिम न्यूनीकरण, विपद् व्यवस्थापन, स्टार्टअप तथा डिजिटल सेवामा सहकार्य विस्तारलाई पनि प्राथमिकता दिइएको छ। दुवै देशबीच नयाँ क्षेत्रमा सहकार्यका सम्भावना विकास गर्ने लक्ष्यसहित दृष्टिपत्र तयार गरिएको हो।


NPL Special
NPL Special
NPL Special
NPL Special