विश्व मानवीय सहायता प्रणालीलाई थप प्रभावकारी, जवाफदेही र स्थानीय नेतृत्वमा आधारित बनाउने प्रमुख अन्तरराष्ट्रिय पहल ‘ग्रान्ड बार्गेन’ को ‘ग्लोबल एम्बेसडर’ मा मानवीय नेतृत्वकर्ता जगन चापागाईं नियुक्त भएका छन् ।
यसअगाडि (सन् २०२३-२०२६) मा सो जिम्मेवारी सामूहिक रुपमा डा जेमिला महमुद (मलेसिया), म्यानुएल बेस्लर (स्वीट्जरल्याण्ड) र माइकल कोहलर (युरोपेली सङ्घ) ले गरेका थिए
स्वीट्जरल्याण्डको जेनेभामा हालै सम्पन्न ‘ग्रान्ड बार्गेन-२०२६’ वार्षिक सम्मेलनले अन्तरराष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासङ्घ (आइएफआरसी) का महासचिव चापागाईंलाई एकल रुपमा सो जिम्मेवारीमा सर्वसम्मत चयन गरेको हो । परोपकारी एवं मानवीय सहयोगको सर्वाेच्च निकाय आइएफआरसीको महासचिव पदमा दोस्रो कार्यकालमा कार्यरत उहाँ ‘ग्लोबल एम्बेसडर’ हुनेमा पनि पहिलो नेपाली बनेका छन् ।उनले सन् २०२० मा पहिलो पटक आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हालेका थिए ।
उनले आगामी दुई वर्ष ‘ग्लोबल एम्बेसडर’ का रुपमा विश्वव्यापी पहलको नेतृत्व र पैरवी गर्ने जनाइएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleअमेरिकाबाट कुरियरमा गाँजा तस्करी: दुई भारतीय पक्राउ



NPL Special
NPL Special