अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सर्लाहीको मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजरलाई घुससहित नियन्त्रणमा लिएको छ। सेवाग्राहीबाट काम गरिदिए बापत अतिरिक्त रकम माग गरिरहेको गोप्य सूचनाका आधारमा उनीहरूलाई रंगेहात पक्राउ गरिएको हो।
पक्राउ परेका दुवै कर्मचारीमाथि थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको आयोगले जानकारी दिएको छ।


