मेची करिडोर (केचना-कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे-गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता रद्द गरिएको छ ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार रु २७ करोड २२ लाख लागतको सो आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न हुनुपर्नेमा पटकपटक म्याद थप गर्दा पनि ४७ प्रतिशत मात्र भौतिक प्रगति भएको थियो । पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम प्रगति भएपछि पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजनबाट ठेक्का सम्झौता रद्द गरेको हो ।
इलामस्थित सडक डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१/८२ देखि हालसम्म १२ वटा ठेक्का सम्झौता अन्त्य गरिसकेको छ । यस क्रममा निर्माण व्यवसायीबाट पेस्कीबापतको रु दुई करोड ३८ लाख असुल गरिएको छ भने रु छ करोड ७९ लाखको कार्यसम्पादन जमानत जफत गर्न सम्बन्धित बैंकलाई पत्राचार गरिएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
तीन प्रतिशतभन्दा कम प्रगति भएपछि मेची करिडोरको ठेक्का रद्द
Previous Articleतनावबीच उत्तर कोरियाद्वारा १० क्षेप्यास्त्र प्रहार
Next Article एनपिएलः जनकपुरविरुद्ध काठमाण्डु टस जितेर ब्याटिङमा



NPL Special
NPL Special