पाँचथरमा पर्ने पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्ड कालोपत्रको काम अझै अनिश्चित रहेको छ । उक्त मार्ग निर्माण कम्पनीको लापर्वाहीका कारण ठेक्का लागेको छ वर्ष बित्न लाग्दासमेत निर्माण कार्यले अपेक्षित गति लिन सकेको छैन । तीन चरणमध्ये एउटाको ठेक्का रद्द गरिएको छ ।
मध्यपहाडी राजमार्गको उद्गमस्थल नेपाल-भारत (सिक्किम) सीमा याङवरक गाउँपालिका-१ चिवाभञ्ज्याङदेखि याङवरक गाउँपालिका-४ दारिम्बासम्मको झन्डै ५१ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ ।
विसं २०७७ माघ १९ तीन चरणमा कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएकामा कुनै पनि खण्डमा ५५ प्रतिशतभन्दा बढी भौतिक प्रगति हुन सकेको छैन ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleपेसामा इमानदार बन्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन


