नेपाल सरकारका १,००० भन्दा बढी आधिकारिक सूचनापाटी तथा अनलाइन सेवाहरू आइतबारदेखि पूर्ण रूपमा पुनः सञ्चालनमा आएका छन्। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका अनुसार प्रणालीमा गम्भीर साइबर सुरक्षा जोखिम पहिचान भएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सेवाहरूमा प्राविधिक परीक्षण गरिएको थियो। उक्त प्राविधिक कमजोरीलाई सुधार गर्न आवश्यक सुरक्षा व्यवस्था र परीक्षण सफलतापूर्वक सम्पन्न भएसँगै अवरुद्ध भएका सरकारी सूचना तथा नागरिक सेवा केन्द्रहरू पुनः सुचारु भएका हुन्।
दशैंको सार्वजनिक बिदाको समयमा समेत प्राविधिक टोली तथा सहयोगी संस्थाहरू निरन्तर खटिएर यो प्राविधिक समस्या समाधान गरेको केन्द्रले जनाएको छ। हाल अधिकांश सेवाहरू सामान्य अवस्थामा फर्किसकेका छन् भने बाँकी रहेका अन्य केही डिजिटल सेवाहरूलाई पनि प्रणाली सुरक्षित राख्दै छिट्टै सञ्चालनमा ल्याउन गृहकार्य भइरहेको छ
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
साइबर सुरक्षा जोखिम पहिचान पछि सरकारी वेबसाइटहरू पुनः सञ्चालनमा
Next Article अनमोल अभिनित ‘बाटुलो जून’ को नयाँ गीत सार्वजनिक


