नेपालमा प्रत्येक १० मिनेटमा एक जनामा मस्तिष्कघात हुने गरेको छ । विश्व मस्तिष्कघात दिवसका सन्दर्भमा नेपाल पक्षघात सङ्घका निवर्तमान अध्यक्ष राजु पौडेलले उक्त तथ्य प्रस्तुत गरेका हुन् । उनका अनुसार मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित हुने गरेका छन् ।
‘हरेक मिनेट महत्वपूर्ण हुन्छ’ नाराका साथ आज नेपालमा पनि मस्तिष्कघातका दिवस मनाउन लागिएको छ । अध्यक्ष पौडेलले भने, “मस्तिष्कघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ, मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ, त्यसैलाई मस्तिष्कघात भनिन्छ ।”
नेपालमा मस्तिष्कघातको वर्तमान अवस्था र उपचारका लागि गरिने उपायको खोजी गर्न सन् २०१७ मा नेपाल पक्षघात सङ्घ स्थापना गरी विभिन्न कार्यक्रम हँुदै आएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Next Article तनावबीच उत्तर कोरियाद्वारा १० क्षेप्यास्त्र प्रहार



NPL Special
NPL Special