काठमाडौं, पाकिस्तानले अमेरिका र इरानबीच बढ्दो तनाव कम गर्न क्षेत्रीय मुलुकहरूको समर्थनमा कूटनीतिक प्रयास जारी राख्ने प्रतिबद्धता जनाएको छ। विदेशमन्त्री इशाक दारले सोमबार इस्लामाबादमा आयोजित क्षेत्रीय आर्थिक सहयोग संगठन (इको) को बैठकमा शान्ति र स्थिरताबिना आर्थिक विकास तथा व्यापार विस्तार सम्भव नहुने बताएका छन्।
दस सदस्यीय इको बैठकमा इरानी विदेशमन्त्री अब्बास अराघचीसहित विभिन्न देशका प्रतिनिधि सहभागी थिए। अराघचीले अन्तर्राष्ट्रिय कानून र शान्तिपूर्ण समाधानको पक्षमा उभिन आग्रह गर्दै अमेरिकामाथि आक्रामकता र आर्थिक दबाब सिर्जना गरेको आरोप लगाएका छन्। उनले फारसको खाडी र हर्मुज जलघाँटीमा बढेको तनावका लागि अमेरिका र इजरायल जिम्मेवार रहेको दाबी गरेका छन्।
पाकिस्तानले गत अप्रिलमा अमेरिका र इरानबीच प्रत्यक्ष वार्ताको पहिलो चरण आयोजना गरेको थियो। हर्मुज जलघाँटीको अवरोधले तेलको मूल्य र आफ्नो अर्थतन्त्रमा असर पारेको भन्दै पाकिस्तानले जलमार्ग तत्काल सञ्चालन गर्न आग्रह गर्दै आएको छ।
बैठकमा अफगानिस्तानसँगको सम्बन्ध सुधार र व्यापार सहकार्य विस्तारको विषयसमेत उठेको थियो।


NPL Special
NPL Special
NPL Special
NPL Special