गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै स्थानमा विद्युत् आपूर्ति पूर्ववत् भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको बेनी र तातोपानी वितरण केन्द्रले बाढीपहिरोले क्षति पुगेका प्रशारण, शाखा लाइन लगायतका संरचना मर्मत गरेर विद्युत् आपूर्ति सूचारु गरेका हुन् ।
प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका-५ पाउद्वारमा शनिबार बत्ती बलेको जानकारी दिए । “धेरै ठाउँमा दुई÷तीन दिनमै विद्युत् आपूर्ति गराएका थियौँ । पाउद्वार, गिवाङ, किन्दु क्षेत्रमा चाडपर्वको समय पनि नभनी कर्मचारी र कमजदुरहरु दसँैको समयमा रातीसम्म परिचालन भयौँ,” उनले भने, “कतिपय ठाउँमा वैकल्पिक माध्यम र संरचनाबाट विद्युत् आपूर्ति गराएका छौँ । दोस्रो चरणमा थप मर्मत गरी विद्युत् आपूर्तिलाई नियमित र व्यवस्थित बनाउने प्रयासमा छौँ ।”
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleअसोजमा पाँच अर्ब ९२ करोड को विद्युत् निर्यात


