अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनले स्टारलिङ्क स्याटेलाइट सञ्चार प्रणालीको प्रयोग गरी घातक ड्रोन आक्रमण गरेको आरोप लगाएका छन् । युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने उक्त सञ्जालको सेवामा आएको अवरोधलाई लिएर वासिङ्टन र किएभबीच तनाव बढिरहेका बेला मस्कको यो भनाइ आएको हो ।
मस्कले शनिबार सामाजिक सञ्जाल एक्समा लेख्दै युक्रेनी सेनाले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरी मानिसको ज्यान लिने उद्देश्यले ड्रोन आक्रमण गर्न प्रणालीको प्रयोग गरेको आरोप लगाए । उनले उक्त कमजोरी गत हप्ता नै हटाइएको पनि दाबी गरे ।
“स्टारलिङ्कका सर्तहरू सधैँ यसलाई नागरिक सञ्चार प्रणालीका रूपमा प्रयोग गर्ने उद्देश्यमा आधारित छन्, हत्या गर्ने माध्यमका रूपमा होइन । सर्त उल्लङ्घन भएमा सेवा बन्द गरिनेछ,” मस्कले अर्को पोस्टमा लेखेका छन् ।
यद्यपि, मस्कले युक्रेनको रक्षाका लागि स्टारलिङ्क अझै पनि अत्यन्त महत्वपूर्ण रहेको बताए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप
Previous Articleशनिबार ४७० सवारीसाधन कारबाहीमा


