सरकारले नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक गरी दुई छुट्टाछुट्टै निकायमा विभाजन गर्ने तयारी गरेको छ।
सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र हवाई सेवा प्रदायक गरी दुई छुट्टाछुट्टै निकायमा विभाजन गर्ने तयारी अघि बढाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले विधेयक तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। उनका अनुसार प्राधिकरण विभाजनसम्बन्धी प्रस्तावसहितको विधेयक तयार भई कानुनी रायका लागि समेत पेश गरिएको छ।


