गत आर्थिक वर्ष घरजग्गा कारोबार ७ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब दोब्बर हो।
गत आर्थिक वर्ष २०८२/८३ मा घरजग्गा कारोबार करिब दोब्बर बढेर ७ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यस्तो कारोबार ३ खर्ब ८६ अर्ब रुपैयाँ थियो। नेपाल राष्ट्र बैंकका अनुसार कारोबार संख्या ४.७४ प्रतिशत र कुल क्षेत्रफल १५.४१ प्रतिशत बढेको छ। घरजग्गा कारोबारबाट संकलित राजस्व ४८.२६ प्रतिशत तथा पूँजीगत लाभकर ६३.२२ प्रतिशत बढेको छ।


