काठमाडौं, प्रधानमन्त्री वालेन्द्र शाहले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सफल आयोजनाका लागि कर्णाली प्रदेशलाई शुभकामना दिएका छन्।
राष्ट्रिय खेलकुद परिषद्ले आइतबार प्रतियोगिताको तालिका सार्वजनिक गरेलगत्तै प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत कर्णालीलाई शुभकामना दिएका हुन्।
उनले राष्ट्रिय खेलकुद प्रतियोगिताको दसौँ संस्करण पहिलोपटक कर्णालीमा आयोजना हुन लागेको उल्लेख गर्दै यसले खेलाडीको पहिचान, खेल पूर्वाधार विकास र कर्णालीको संस्कृति तथा सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउन योगदान पुर्याउने बताएका छन्।
प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ भने मुख्य खेलहरू मंसिर ८ गतेदेखि सुरु हुनेछन्। प्रतियोगितामा आठ हजारभन्दा बढी खेलाडी, अफिसियल तथा खेल अधिकारी सहभागी हुनेछन्।
प्रधानमन्त्री शाहले राष्ट्रिय खेलकुद प्रतियोगितालाई नियमित आयोजना गर्न र यसको स्तर अभिवृद्धि गर्न सरकारले गम्भीरतापूर्वक काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
उनले प्रतियोगिताले राष्ट्रिय एकता र आपसी सद्भावलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।


NPL Special
NPL Special
NPL Special
NPL Special