नेपालमा आगामी मंगलबारदेखि केही भूभागमा वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर, वर्षाको स्थान, मात्रा र अवधि निश्चित नभएकाले त्रसित हुनुपर्ने अवस्था नरहेको मौसमविद् राजन महर्जनले बताएका छन्। उनले सामाजिक सञ्जालमा फैलिएका अपुष्ट खबरमा विश्वास नगर्न र मौसमसम्बन्धी जानकारीका लागि विभागको आधिकारिक सूचनामा भर पर्न आग्रह गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


