काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहमाथि सत्ताको दुरुपयोग गरी गुण्डाराज चलाएको आरोप लगाएका छन्। काठमाडौं क्षेत्र नम्बर ६ मा आयोजित पार्टी कार्यक्रममा बोल्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।
पौडेलले हिरासतमा रहेका इनम सापकोटालाई कांग्रेस सभापति गगन थापाविरुद्ध बयान दिन धम्की दिइएको आरोपबारे प्रधानमन्त्रीसँग जवाफ मागे। उक्त कार्य प्रधानमन्त्रीकै निर्देशनमा भएको हो वा मातहतका कर्मचारीले गरेको हो भन्ने स्पष्ट पार्न उनले माग गरे।
उनले पत्रकार पक्राउ, सञ्चारमाध्यममा खानतलासी तथा नेताहरूको घरअगाडि सवारीसाधन तेर्स्याएर त्रास सिर्जना गरिएको भन्दै सरकारको आलोचना गरे। सरकारले आफूमाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने उनको भनाइ थियो।


NPL Special
NPL Special
NPL Special
NPL Special