नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनअन्तर्गत विराटनगर किङ्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन्। वर्षाका कारण मैदान सुकाउन समय लागेपछि निर्धारित समयभन्दा करिब चार घण्टा ढिलो सुरु भएको खेल पाँच–पाँच ओभरमा सीमित गरिएको छ। मैदानको अवस्था र खेलाडीको सुरक्षाबारे दुवै टोलीबीच छलफल भएपछि खेल सञ्चालन गर्ने सहमति भएको हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special