पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रुपन्देहीको मर्चवार क्षेत्रको समग्र विकासका लागि सडक, स्वास्थ्य र शिक्षाका पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने जानकारी दिएका छन् । मर्चवार क्षेत्रको सोमबार स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा उहाँले सडक विस्तार, ग्रामीण सडक निर्माण, अस्पताल स्थापना तथा स्वास्थ्य चौकी र विद्यालयको स्तरोन्नतिका लागि आवश्यक बजेट व्यवस्थापन गरिने बताएका हुन् ।
मन्त्री लम्सालले चालु आर्थिक वर्षमा दुई खण्डमा चार लेन सडक विस्तारको योजना अघि बढाइएको जानकारी दिए । उनका अनुसार पहिलो खण्डको पाँच किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । उक्त खण्डको निर्माणका लागि तत्काल बोलपत्र आह्वान गर्ने प्रक्रिया अघि बढाइनेछ ।
पहिलो खण्डकै थप १५ किलोमिटर सडकको डीपीआर तयार गरी निर्माण प्रक्रिया अघि बढाउने तयारी भइरहेको उनले बताए । दोस्रो खण्डमा केही ढिलाइ भए पनि चालु आर्थिक वर्षको अन्त्यसम्म बोलपत्र आह्वान गर्ने योजना रहेको मन्त्री लम्सालको भनाइ छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल
Previous Articleअवरुद्ध खाँदबारी-किमाथाङ्का सडक पुनः सञ्चालनमा


