पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आइएमई ग्रुपले आफ्नै ब्रान्ड ‘इला’ मार्फत नेपालमा अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा सुरु गरेको छ। विदेशी ब्रान्डभन्दा आधा शुल्कमा उच्चस्तरीय सेवा दिने बताएको यस चेनले नवलपुर, बागलुङ, पोखरा र चन्द्रागिरिमा सेवा दिइसकेको छ। लगभग ३० प्रतिशत भन्दा बढी विदेशमा अनुभवी कर्मचारी रहेको यस ग्रुपले पाल्पा, लाजिम्पाट र कैलालीमा समेत सेवा विस्तार गर्दैछ।
नवलपुरको गैँडाकोटस्थित इला रिसोर्टमा सोमबार आयोजित पत्रकारसँगको अन्तरक्रियामा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा कामको अनुभव लिएका ३० प्रतिशतभन्दा बढी कर्मचारी आफूहरुसँग रहेको जानकारी दिए । उनले भने, “अन्तरराष्ट्रियस्तरको सेवा हामी सर्वसुलभ रुपमा दिएका छौँ ।”


