प्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको अवसरमा देशविदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना दिएका छन्। सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक बेथिति हटाउन सबै एकजुट हुनुपर्ने बताएका छन्। परिवर्तनका लागि सोचसँगै व्यवहार बदल्न आवश्यक रहेको उल्लेख गर्दै उनले विजयादशमीले विविधतायुक्त समाजलाई एकताबद्ध बनाउने र आफन्तबीच आत्मीयता बढाउने विश्वास व्यक्त गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


