काठमाडौं, प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा गएपछि ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्।
प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत भ्रमणमा गएपछि मन्त्रिपरिषद्को वरियताक्रमअनुसार श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो।
प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा श्रेष्ठलाई उक्त जिम्मेवारी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए। सोही सिफारिसका आधारमा श्रेष्ठले प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालन गर्ने जिम्मेवारी पाएका हुन्।
प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार भारतको दुईदिने औपचारिक भ्रमणमा जाँदै छन्। भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनी सोमबार साँझ स्वदेश फर्कनेछन्।


NPL Special
NPL Special
NPL Special
NPL Special