काठमाडौं, हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बाँके, दाङलगायत तराईका अधिकांश स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
आज राति कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने छ । महाशाखाका अनुसार भोलि बिहान उपत्यका र खोँचका साथै तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleआजको राशिफल । मङ्सिर १०, २०८३
Next Article डलर, युरो र रियालको भाउ कति ?


NPL Special
NPL Special
NPL Special
NPL Special