युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले नेपालसहित ४७ देशका नागरिकलाई आफ्नो युद्धमा प्रयोग गरिरहेको दाबी गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले विभिन्न प्रलोभन र छलकपटमार्फत विदेशी नागरिकलाई रुस पुर्याएर युद्धमा पठाइएको बताएका छन्। उनले सम्बन्धित देशका सरकारलाई आफ्ना नागरिकलाई रुसी सेनामा भर्ती हुनबाट रोक्न र युद्धको हिस्सा नबन्न आग्रह गरेका छन्। नेपाली नागरिकको संख्या भने खुलाइएको छैन।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
रुसले नेपालसहित ४७ देशका नागरिकलाई युद्धमा प्रयोग गरिरहेको जेलेन्स्कीको दाबी
Previous Articleपहिरोपछि कान्ति लोकपथ पूर्ण रूपमा बन्द
Next Article लोकन्थलीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु


