काठमाडौं, सरकारबाट अनुदानमा प्राप्त रासायनिक मलको बिक्री वितरणमा अनियमितता गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित संजिवनी कृषि भण्डारलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ।
जिल्ला प्रशासन कार्यालय झापाले गरेको आकस्मिक अनुगमनका क्रममा भण्डारको मल मौज्दात र बिक्री विवरणमा अनियमितता भेटिएको हो। सञ्चालक प्रेमकुमार भट्टराईले खरिद गरेको ४०० बोरा मलमध्ये गोदाममा २४१ बोरा मात्रै भेटिएको थियो। बाँकी १५९ बोरा मलको बिक्री तथा मौज्दात विवरण पेश गर्न नसकेपछि कारबाही गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए।
भण्डारले १७० बोरा युरिया र २३० बोरा डीएपी खरिद गरेको थियो। उपभोक्ता हित संरक्षण ऐनबमोजिम जरिवाना गरिएको प्रशासनले जनाएको छ। सोही स्थानको न्यू कञ्चन कृषि सहकारीको अनुगमनमा भने मलको विवरण दुरुस्त पाइएको छ।

NPL Special
NPL Special
NPL Special
NPL Special