काठमाडौं, अमेरिकामा भएको मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजामा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टी पछाडि परेको छ। संसद्का दुवै सदनमा डेमोक्रेटिक पार्टी अगाडि देखिएको छ। पार्टीले नर्थ क्यारोलाइनाको सिनेट सिट रिपब्लिकनबाट खोसेको छ भने जर्जियामा सिनेटर जोन ओसोफ पुनः निर्वाचित भएका छन्। प्रतिनिधिसभाका ४३५ सिट र सिनेटका ३५ सिटमा कात्तिक १७ मा मतदान भएको थियो। निर्वाचनलाई ट्रम्प प्रशासनप्रतिको जनमत परीक्षणका रूपमा हेरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special