म्याग्दी, पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा पहिरोग्रस्त क्षेत्रको भौगर्भिक अध्ययन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट आएका भूगर्भविद्, गाउँपालिकाका जनप्रतिनिधि र प्राविधिकको टोलीले पहिरोले क्षति पुगेका र जोखिममा रहेका बस्तीहरूको अध्ययन गरेको हो ।
भौगर्भिक अध्ययन प्रतिवेदनको सुझावका आधारमा पुनर्निर्माणको काम अघि बढाइने जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्य बताए । टोलीले क्षति भएका, जोखिममा रहेका बस्तीको स्थलगत निरीक्षण, ढुङ्गा, माटोको नमूना र ड्रोन क्यामेराको तस्बिरसहित श्रव्यदृश्य सङ्कलनका साथै प्रभावितसँग छलफल गरेको छ । गत असोज ८ देखि ११ गतेसम्मको झरीपछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण जलजलामा ३१६ घरमा क्षति पुगेको उनले जानकारी दिए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleडोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ



NPL Special
NPL Special