भोजपुर, मुन्दुम पदमार्ग क्षेत्रमा पर्यटकको बसाइ सहज बनाउन आवश्यक घरबास (होमस्टे) तथा अन्य पूर्वाधार निर्माणमा वनसम्बन्धी कानुनी व्यवस्थाका कारण समस्या भएको स्थानीय जनप्रतिनिधिले बताएका छन् । पदमार्गको अधिकांश क्षेत्र वनभित्र पर्ने भएकाले पर्यटकको खानपान तथा आवासका लागि आवश्यक संरचना निर्माणमा कठिनाइ भइरहेको उनीहरूको भनाइ छ ।
मङ्गलबार भोजपुरमा कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको ‘होमस्टे दर्ता शिविरसम्बन्धी समन्वयात्मक छलफल’ कार्यक्रमका सहभागी जनप्रतिनिधि तथा सरोकारवालाले पर्यटकीय क्षेत्रको विकासका लागि वनसम्बन्धी कानुनी व्यवस्थामा सहजीकरण गर्नुपर्नेमा जोड दिएका हुन् ।
भोजपुरमा हालसम्म तीन वटा मात्र घरबास दर्ता भएका छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
वन क्षेत्रका कारण मुन्दुम पदमार्गमा होमस्टे निर्माणमा समस्या
Previous Articleजलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन



NPL Special
NPL Special