काठमाडौं, उत्तर कोरियाली नेता किम जोङ उनले विभिन्न सैन्य प्रयोजनमा आणविक हतियार प्रयोग गर्न सक्ने क्षमता विस्तार गर्न निर्देशन दिएका छन्। बुधबार आणविक हतियार अनुसन्धान केन्द्रको निरीक्षण गर्दै उनले आधुनिक युद्धको आवश्यकताअनुसार सामरिक आणविक हतियारको प्रयोग क्षमता विकास गर्नुपर्ने बताएका हुन्।
सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार किमले आणविक क्षमतालाई राष्ट्रिय सार्वभौमिकताको प्रमुख आधारका रूपमा व्याख्या गरेका छन्। उनले अमेरिकाले दक्षिण कोरियालाई आणविक शक्तिबाट चल्ने पनडुब्बी प्राप्त गर्न प्रोत्साहित गरेको आरोपसमेत लगाए।
विश्लेषकहरूका अनुसार किमको पछिल्लो अभिव्यक्तिले उत्तर कोरिया आणविक निःशस्त्रीकरणभन्दा हतियार नियन्त्रण र पारस्परिक आणविक सुरक्षासम्बन्धी वार्तामा केन्द्रित हुन चाहेको सङ्केत गर्छ। सन् २०१९ को हनोई शिखर सम्मेलनपछि अमेरिका र उत्तर कोरियाबीचको आणविक वार्ता अवरुद्ध छ।


NPL Special
NPL Special
NPL Special
NPL Special