काठमाडौं, निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै देशभरका मतदान स्थल पुनरावलोकन गर्ने भएको छ। यसका लागि आयोगले सबै स्थानीय तहलाई आवश्यक सहयोग र सहजीकरण गर्न आग्रह गरेको छ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार देशभरका स्थानीय तहलाई परिपत्र गर्दै मतदान स्थल पुनरावलोकन कार्यमा सहयोग गर्न निर्देशन दिएको हो।
आयोगको ‘मतदान स्थल तथा मतदान केन्द्र निर्धारण समन्वय समिति’ को बैठकले पुनरावलोकन प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो। समितिले मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०८१ र कार्यक्रम कार्यान्वयन योजना, २०८३ अनुसार काम अघि बढाउन जिल्ला सिफारिस समितिलाई निर्देशन दिएको छ।
यसअघि आयोगले मंसिर ७ गते गृह र सामान्य प्रशासन मन्त्रालयलाई आवश्यक समन्वयका लागि पत्राचार गरेको थियो।


NPL Special
NPL Special
NPL Special
NPL Special