ब्रसेल्स, युरोपेली सङ्घ (इयू) ले विद्यालयका बालबालिकाका लागि ‘एआई साक्षरता’ प्रमाणपत्रको परीक्षण सुरु गर्ने योजना बनाएको बिहीबार जनाएको छ ।
द्रूत गतिमा विकास भइरहेको प्रविधिको शिक्षामाथिको प्रभावलाई सम्बोधन गर्ने प्रयासको अंशका रूपमा यो कदम चालिएको हो।
“यसले साना विद्यार्थीहरूलाई एआई कसरी काम गर्छ भन्ने बुझ्न, यसले दिएको जानकारी जाँच्न, हेरफेर पहिचान गर्न र कहिले बन्द गर्ने भन्ने जान्न सहयोग गर्नेछ,” युरोपेली आयोगकी उपाध्यक्ष रोक्साना मिन्जाटुले भने ।
ब्रसेल्सले १५ वर्षका विद्यार्थीका लागि सन् २०२७-२०२८ शैक्षिक सत्रदेखि नयाँ शैक्षिक कार्यक्रम सुरु गर्ने लक्ष्य राखेको छ । विश्वभरका शिक्षक र विद्यार्थीहरू कक्षाकोठामा कृत्रिम बुद्धिमत्ताको प्रभावसँग जुधिरहेका बेला यो कदम आएको हो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
इयूले विद्यालय बालबालिकाका लागि ‘एआई साक्षरता’ प्रमाणपत्र योजना लागू गर्ने
Next Article प्रचारप्रसार र पूर्वाधार अभावमा ओझेलमा पार्वतीकुण्ड



NPL Special
NPL Special